सिड्नी। अस्ट्रेलियाको क्वान्टस एयरलाइन्सको अमेरिकातर्फ उडिरहेको एउटा विमानलाई एक हुल्याहा यात्रुको कारणले बाटो परिवर्तन गर्न बाध्य पारिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले एक विमान परिचारकलाई टोकेका थिए।
मेलबर्नबाट डलासका लागि उडेको उक्त विमानलाई ती उपद्रवी यात्रुका कारण शुक्रबार (मे १५ मा) फ्रान्सेली पोलिनेसियाको राजधानी पापितेमा अवतरण गर्न बाध्य पारिएको थियो।
अरु यात्रुहरूले ती व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार उनले क्वान्टसका एक कर्मचारीलाई टोकेका थिए।
विमान अवतरण भएपछि स्थानीय अधिकारीहरूले ती व्यक्तिलाई नियन्त्रणमा लिएका छन् र उनलाई क्वान्टसका सबै विमानहरूमा उडान भर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ।
'हाम्रा ग्राहक र चालक दलका सदस्यहरूको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। हाम्रो उडानहरूमा यस्ता हुल्याहा वा धम्कीपूर्ण व्यवहारलाई हामी कति पनि सहन गर्ने छैनौँ,' क्वान्टसका प्रवक्ताले बताए। एजेन्सी
प्रतिक्रिया