विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् ।
सुनसरी प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बसले सडक छेउमा बिग्रिएर रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटना बारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट ३५ जनाको संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घाइतेमध्ये २०÷२२ जनालाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान
जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा करिब ३५–४० वर्षका एक पुरुषको मृत्यु भएको छ जसको नाम थर खुल्न बाँकी छ । यस्तै, सिराहा सखुवान्नकट्टी गाउँपालिका–३ की करिब ४५ वर्षीया धनेश्वरी देवी यादवको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अवस्था
घाइतेमध्ये केहीलाई सामान्य उपचारपछि गोल्डेन अस्पताल विराटनगरमा रिफर गरिएको छ । घाइतेमध्ये सप्तरी, सिराहा र धनगढीमाई नगरपालिकाका बासिन्दा बढी छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरू आईसीयूमा उपचाररत छन् । गम्भीर घाइतेमा कञ्चनपुरकी मञ्जु चौधरी, सिराहाका सुकदेव साह, सत्य नारायण राम, मोहम्मद इसराफिल र हरि यादव रहेका छन् ।
प्रतिक्रिया