मुगुमा बालविवाह कायमै

मुगु । नेपाल सरकारको २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रवाधान भए पनि मुगुमा भने २० वर्ष नपुग्दै बाल विवाह गरि आमा बन्नेहरुको संख्या बढ्दो छ । 

जिल्ला अस्पातलबाट सुरक्षित प्रसूति हुने र सुरक्षित गर्भपतन गराउनेको संख्या सबै बन्दा बढी २० बर्ष मुनिका किशोरीहरुको संख्या रहेको देखिन्छ । आर्थिक वर्ष ०८१–०८२ मा जिल्ला अस्पतालमा जम्मा २ सय २९ जनाले सुरक्षित सुत्केरी भएका छन भने यसमा ४५ प्रतिशत २० बर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढी रहेको पाइन्छ । जिल्ला अस्पतालमा आएर सुरक्षित गर्भपतन गराउनेहरुको संख्या विगतका भन्दा पछिल्ला बर्षहरुमा झन बढ्दो अवस्थामा छ । आर्थिक बर्ष ०८१।०८२ सालमा मात्र जिल्ला अस्पतालमा ६४ जना पुगेका छन भने जिल्लामा मेरिस्टोप सेन्टरबाट पनि गर्भपतन गराएको देखिन्छ ।

२० बर्ष नपुग्दै बालविवाह गर्नुको मुख्य कारण अशिक्षित, गरिवी, जनचेतनाको कमी, सामाजिक प्रचलन, सामाजिक सञ्जालको दुरुपयोग देखिन्छ । जिल्ला अस्पताल मुगु नर्सिङ अधिकृत यमुना केसीका अनुसार पछिल्ला बर्षहरुमा स्वास्थ्य संस्थामा किशोरीहरु वा आमाहरु सुत्केरी हुने र गर्भपतन गराउनेको संख्या सबैभन्दा बढी २० बर्ष मुनि उमेरका रहेका छन् । 

किशोरी अवस्थामा विवाह गरी गर्भवती हुँदा स्वास्थ्य अवस्था कमजोर हुनुका साथै बालविवाह घट्नु भन्दा बढिरहेकाले यसको न्यूनिकरणका लागि आवश्यक कदम चाल्नुपर्ने सोरु गाँउपालिका वडा नम्बर ५ की झुपा बिष्टले बताइन् । मुगु जिल्लामा रहेका चारवटै स्थानीय तहमा महिला र बालबालिकाको क्षेत्रमा काम गर्न महिला तथा बालबालिका शाखा छन् । जिल्ला स्थित १० वटा गैरसरकारी संस्थाका छाता संगठनहरु बाल विवाहविरुद्ध साझा अभियान चलाइरहेका छन् । यद्यपि यी निकायले बाल विवाह न्युनिकरणका लागि ठोस कानुनी प्रक्रिया ल्याउन सकेका छैनन् । 
 

प्रतिक्रिया