तुर्किमेनिस्तान भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्किमेनिस्तान भ्रमण उपलब्धीमुलक रहेको सदनलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान भ्रमणमा गएका थिए । उनले उक्त भ्रमणबारे आज संसद्मा सम्बोधन गरिरहेका छन् । उनी तुर्किमेनिस्तानको भ्रमणमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर साउन २३ गते फर्किएका थिए । उनले भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सामना गर्दै आएका समस्याका समाधानका लागि छलफल गरेको जानकारी दिए । 

प्रतिक्रिया