बिर्तामोड, झापा । बिर्तामोड राउण्ड टेबलको ८औँ वार्षिक साधारण सभाले बिकास अग्रवाललाई नयाँ अध्यक्ष चयन गरेको छ । इष्टाना रिसोर्ट, दार्जिलिङमा सम्पन्न भएको सभाले यो निर्णय गरेको हो।
सभामा गत कार्यकालका अध्यक्ष मनोज गोयल, उपाध्यक्ष बिकास अग्रवाल, सचिव दीपक मित्तल र कोषाध्यक्ष रमन गोयलको सफल नेतृत्वले निर्वाह गरेको कार्यको प्रशंसा गरियो । यस वर्षका लागि नयाँ कार्यकारिणीमा अध्यक्ष बिकास अग्रवालको टिममा उपाध्यक्ष रमन गोयल, सचिव साहिल अग्रवाल र कोषाध्यक्ष सुमित पेरिवाल चुनिएका छन् ।
बिर्तामोड राउण्ड टेबल, राउण्ड टेबल नेपाल अन्तर्गतको एक सक्रिय टेबल हो, जुन इन्टरनेसनल राउण्ड टेबलको सदस्य हो । इन्टरनेसनल राउण्ड टेबलमा विश्वका ६० देशमा फैलिएको युवा पेशेवरहरूको गैर–राजनीतिक र गैर–धार्मिक संस्था हो, जसको उद्देश्य मित्रता, सेवा र नेतृत्व विकासलाई प्रवर्द्धन गर्नु हो।
अधिकांश सदस्यहरू आफ्ना परिवारसहित कार्यक्रममा सहभागी भए । शिक्षा, वातावरण र रक्तदान जस्ता सामुदायिक सेवामा सक्रिय बिर्तामोड राउण्ड टेबलले यस मार्फत नयाँ नेतृत्व चयन गरेको हो ।
प्रतिक्रिया