नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा २६.२२ अंकको गिरावट आएको छ ।

नेप्से परिसुचक घटेर २८ सय बिन्दुभन्दा तल झरेर आज २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिनको तुलनमा यसदिन कारोबार रकम पनि घटेको छ । आज कुल ३२३ स्टकको ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ । सोमबार १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.८४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.३३ अंकले घटेको छ । यसदिन सिटि होटल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५७.७८ रुपैयाँले बढेर ६३६.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ११६.१९ रुपैयाँले बढेर २७९२.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, हिमालयन बैंक लिमिटेडको बोन्डको मूल्य प्रतिकित्ता ४३.७६ रुपैयाँले बढेर ११३८.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने कृषि विकास बैंकको डिबेन्चरको शेयर मूल्य प्रतिकित्ता ३९.३९ रुपैयाँले बढेर ११२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन सिकलेस हाइड्रोपावरको शेयर मूल्यमा नकारात्म सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ११४.५५ रुपैयाँले घटेर १०३२.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य १७९.७४ रुपैयाँले घटेर प्रतिकित्ता २०६६.५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, लक्ष्मी लघुवित्त वित्तिय लसंस्था लिमिटेडको शेयर मूल्य पनि प्रतिकित्ता ७०.९५ रुपैयाँले घटेर १०८४.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन , सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड, लुम्बीनी विकास बैंक, र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया