राप्रपा र रास्वपाले गर्योे प्रतिनिधि सभाको बैठक बहिस्कार

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका संसाद विराज भक्त श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । सांसद शाहले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन  ।

प्रतिक्रिया