काठमाडौ । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा दोस्रो संस्करणको महिला फुटसल च्याम्पियनसिप–२०८२ आगामी कार्तिक १० गते हुने भएको छ ।
गत भाद्र १८ गते गर्ने भनिएको प्रतियोगिता विषेश कारणले आगामी कार्तिक १० गतेको लागि सारिएको आयोजकले जनाएको हो । महिला फुटबल र फुटसलप्रति चासो राख्ने खेलाडीहरूलाई प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगितामा नेपालभरका महिला टिमले सहभागिता जनाउन सक्ने छन् । सहभागिता जनाउने प्रत्येक टिमले ८ खेलाडी, १ कोच र १ टिम म्यानेजरसहित १० जनाको टिम तयार गर्नु पर्नेछ । साथै प्रतियोगितामा १६ वर्षमुनिका खेलाडीले जुनियर र १६ वर्षमाथिका खेलाडीले सिनियर टिमतर्फ सहभागी हुन पाउने अध्यक्ष सगुन थापा मगरले जानकारी दिए । उनको अनुसार यस वर्ष ३२ टिम सहभागी गराउने लक्ष्य राखिएको छ । अनुसार सिनियरतर्फ राष्ट्रिय खेलाडी वा ए डिभिजन खेलिसकेका खेलाडीले पनि सहभागी हुन सक्ने अध्यक्ष थापा मगरले जानकारी दिए ।
यस्तो छ पुरस्कार र नगद राशी
सिनियर विजेता टिम: रु. ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र
सिनियर उपविजेता टिम: रु. २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
सिनियर उत्कृष्ट गोलकिपर–खेलाडीः जनही रु. २,५००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर विजेता टिम: रु. २०,०००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर उपविजेता टिमः रु. १०,०००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर उत्कृष्ट गोलकिपर–खेलाडी: जनही रु. १,५००, ट्रफी, मेडल, प्रमाणपत्र
उपाध्यक्ष एलिना मगरको अनुसार दर्ता आवेदन कार्तिक ७ गते शुक्रबार बेलुका ५ बजेभित्र बुझाइसक्नु पर्नेछ । उनको अनुसार सिनियरतर्फ ५,५०० रुपैयाँ र जुनियरतर्फ ३,००० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताको उद्देश्य नयाँ महिला खेलाडीहरूलाई उत्प्रेरित गर्नुका साथै राष्ट्रिय टिमसम्मको यात्रा सहज बनाउने रहेको आयोजकले आयोजकले जनाएको छ । २०८१ मा पहिलो संस्करणमा २० टिम सहभागी भएका थिए भने यसपटक कम्तीमा ३२ टिम सहभागी गराउने लक्ष्य राखिएको आयोजक संस्थाकी जानकारी दिइन् ।
प्रतिक्रिया