काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी रुचाइएको संगीतकार दीपक राज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ‘ टिका जमरा’ सार्वजनिक गरिँदै छ ।
मौलिक सांस्कृतिक पनलाई झल्काउँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिक भिडियोमा देखाइएको छ। नेपालीहरूको महान चाड बडा दशैँलाई म्युजिक भिडियो मार्फत निर्देशक दीपक राज विश्वकर्माले आफूभन्दा ठूलाबडाका आशीर्वाद र माया साट्ने विशेष दिन लाई सम्झना गर्दै म्युजिक भिडियो तयार पारिएको छ। दुर्गा खाती गजमेरको प्रस्तुतिमा ‘टिका जमरा’ म्युजिक भिडियोमा मोडल सुरेश कोली र अस्मिता जुरेली अभिनय गरेको छ।
छायाङ्कन विशाल थापा र रमेश दियाली गरेका हुन् भने कोरियोग्राफीमा रोशन विश्वकर्माले गरेका छन्। सोही म्युजिक भिडियोलाई सम्पादन भने दिनसन गरे हुन् । गायक नारायण गजमेरका नौ वर्षका छोरा निश्चल गजमेरले मेल भोकल टेक लिएको हो । टिका जमरा म्युजिक भिडियोलाई आउँदो साता सार्वजनिक गरिँदैछ। प्रवासमा रहे पनि नेपाली गीत संगीतलाई माया गर्ने श्रष्टा गायक नारायण गजमेरले आधा दर्जनभन्दा गीत सार्वजनिक गरिसकेका छन्।
प्रतिक्रिया