चितवन कारागारबाट फरार कैदी पक्राउ

बढैयाताल । चितवन कारागारबाट फरार भई बर्दियामा आएका एक कैदीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउ गरेको छ । 

जेनजी आन्दोलन पछि फरार भएका उनलाई आफ्नै घरमा लुकिछिपि बसेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बर्दिया जिल्लाको बढैयाताल गाऊपालिकामा आई लुकिछिपि बसेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश साहु तेलीले जानकारी दिनुभयो । आफ्नै छोरी लाई जवरजस्ती करणी आरोपमा बर्दिया जिल्ला अदालतबाट २१ वर्ष कैद सजाय तोकिएको थियो । निजले ८ वर्ष कैद भुक्तान गरेको देखिन्छ । उनलाई आवश्यक कारवाहीका लागि कारागार पठाइने प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया